तनहुँमा मतदाता नामावली संकलन सुरु

लोकपथ
28
Shares

तनहुँ  । निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरेको छ । राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गरी अब आवेदन अनलाइनबाटै दिन सकिन्छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालका अनुसार, आवेदन दिने मध्ये करिब ९० प्रतिशतले अनलाइनमार्फत नाम दर्ता गराएका छन् । हालसम्म राष्ट्रिय परिचयपत्रबाट ४१९ र कार्यालयमा आएर ५५ गरी जम्मा ४६४ जनाले मतदाता नामावलीमा दर्ता गराइसकेका छन् ।

त्यसैबीच, तनहुँका दुवै निर्वाचन क्षेत्रका सबै उम्मेदवारहरूले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् । क्षेत्र नम्बर १ का १६ र क्षेत्र नम्बर २ का ११ गरी कुल २७ उम्मेदवारले आफ्नो खर्च विवरण बुझाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?