उपसभामुखका लागि आज उम्मेदवारी दर्ता, भोलि निर्वाचन

लोकपथ
245
Shares

 काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ । उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिने भएको हो ।

संसद् सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दर्ताका लागि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकिएको छ । 

प्रतिनिधिसभाका सचिव हर्कराज राई द्वारा जारी सूचनामा उम्मेदवारी दर्ता सकिए लगत्तै आजै दिउँसो २ः३० बजे दर्ता क्रमअनुसार उम्मेदवारहरूको नामावली प्रकाशन गरिने उल्लेख गरिएको छ ।

उपसभामुखको निर्वाचन भने भोलि हुने कार्यपालिका छ । अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तावकले उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् । सो प्रस्तावमाथि छलफलपछि निर्णय गरिनेछ ।

यसअघि सभामुख डोलप्रसाद अर्यालले बुधबारको बैठकबाट उपसभामुख निर्वाचनको मिति निर्धारण गर्दै आवश्यक सूचना प्रकाशन गर्न निर्देशन दिएका थिए ।

उपसभामुख पदका लागि विपक्षी दलहरूले उम्मेदवारी दिने तयारी गरेका छन् । प्रतिनिधिसभामा दुई तिहाइ बहुमत नजिक रहेको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थन निर्णायक हुने देखिएको छ । तर, रास्वपाले हालसम्म कसलाई समर्थन गर्ने भन्ने विषयमा औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?