काठमाडौं । अवैध रुपमा अनलाइन जुवा ‘सट्टेबाजी’ गराउने ३ भारतीयसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अवराध अनुसन्धान कार्यालयको टोली ललितपुरको हात्तिवनस्थित सीटी स्केप अपार्टमेन्टाबाट ९ जनालाई मंगलबार पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये तीन भारतीयमा चेतन यादव, आशिष शर्मा र रौनक सिंह रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी मनोहरप्रसाद भट्टका अनुसार पक्राउ पर्ने नेपालीहरुमा सुजन दवाडी, निरोज राना, आशिष रेग्मी, हार्दिक पोखरेल, सुरेश पराजुली र योगेन्द्र कुँवर रहेका छन् ।
उनीहरुको साथबाट विभिन्न सामग्रीहरु समेत बरामद गरिएको छ । एसपी भट्टका अनुसार विभिन्न कम्पनीका ८ थान ल्यापटप, मोबाइल २४ थान, विभिन्न कम्पनीका भारतीय र नेपाली सिम कार्ड ३१ थान र क्याल्कुलेटर ३ थान बरामद गरिएको छ ।
त्यस्तै उनीहरुबाट ३१ करोड २४ लाख ३४ हजार ९ सय २० रुपैयाँ कारोबार भएको समेत देखिएको प्रहरीले जनाएको छ ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया