काठमाडौं । गृहमन्त्री सुधन गुरुङले स्वीस बैंकमा नेपालीहरुले राख्ने गरेको भनिएको अवैध धनबारे चासो राखेका छन् ।
लामो समयदेखि अवैध रुपमा विभिन्न उच्च पदस्थ व्यक्तिहरुले स्वीट्जरल्याण्डको स्वीस बैंकमा धन थुपारेको चर्चा चलिरहने गर्छ ।
त्यस विषयमा चासो राख्दै गृहमन्त्री गुरुङले स्वीट्जरल्याण्डका राजदूतसँग आज भेटघाट गरी त्यसबारे अनुसन्धानमा सघाउन आग्रह गरेका छन् ।
‘गृहमन्त्री सुधन गुरुङले अवैधरूपमा आर्जन गरेको पैसा नेपालीहरूले स्वीस बैंकमा राखेरनराखेको विषयमाथिको अनुसन्धानमा सहयोग गर्न नेपालस्थित स्वीट्जरल्यान्डका राजदूतावासलाई आग्रह गरेका गर्नुभएको छ,’ उनले भनेका छन् ।
गत चैत १३ गते गृहमन्त्रीको शपथग्रहण गरेसँगै भीआईपीहरुमाथि कारबाहीको डण्डा चलाएका गृहमन्त्री गुरुङले स्वीस बैंकमा नेपालीहरुको रहेको भनिएको कालो धनबारे चासो राखेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया