शुक्रबार राष्ट्रपति पौडेलले संयुक्त सदनलाई सम्बोधन गर्ने

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनलाई सामूहिक सम्बोधन गर्ने भएका छन् ।

राष्ट्रपति पौडेलले चैत २७ गते शुक्रबार संसदको संयुक्त सदनलाई सम्बोधन गर्न लागेका हुन् ।

संविधानको धारा ९५ मा उल्लेख भएको व्यवस्था अनुसार राष्ट्रपति पौडेलले संसदलाई सम्बोधन गर्न लागेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

शुक्रबार अपरान्ह ३ बजेका लागि संघीय संसदका दुवै सदनको बैठक आह्वा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?