जगदीशले दिए रविलाई राजनीतिक कोर्ष परिवर्तन गर्ने ‘नायक’ को संज्ञा

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले सभापति रवि लामिछानेलाई ‘नायक’ को संज्ञा दिएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेका सांसद खरेलले देशमा राजनीति र नेतृत्वको परिभाषा नै बदलिएको दाबी गरे ।

उनले राजनीतिको कोर्ष परिवर्तनमा रविको भूमिका अतुलनीय रहेको भन्दै उनलाई नायकको संज्ञा दिए ।

‘आज राजनीतिक प्याराडाइम सिफ्ट भएको छ । आज राजनीतिको परिभाषा परिवर्तन भएको छ र नेतृत्वको परिभाषा परिवर्तन भएको छ । यदी त्यो परिभाषा बदल्ने कोही नायक जन्मिएको छ भने त्यो नायक रवि लामिछाने देशमा जन्मिएको छ । जसले देशमा राजनीतिको परिभाषा परिवर्तन गरेको छ र नेतृत्वको परिभाषा परिवर्तन गरेको छ । अब पोलिटिकल डिस्कोर्स त्यो बाटोमा अघि बढ्दै,’ उनले भने ।

त्यस्तै आफू अन्तरिम सरकारको मन्त्री हुँदा तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन गराउन सफल भएको भन्दै प्रसंशा गरे । यता जेनजी अगुवाहरुसँग गरिएको सम्झौता अक्षरश कार्यान्वयन गर्न समेत माग गरे ।

आफू निर्वाचनमा जाँदा मतदाताहरुले पूरानै दलको रवैया जस्तै काम गर्न नसके दण्डित गर्ने भन्दै प्रश्न गरेको स्मरण गराउँदै सरकारलाई जनभावना बुझेर काम गर्न सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?