देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी, इन्टरपोलबाट नोटिस जारी गर्ने तयारी

लोकपथ
175
Shares

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवाविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिएपछि उनीहरुविरुद्ध प्रहरी प्रधान कार्यालयमार्फत इन्टरपोलबाट नोटिस जारी गर्ने तयारी थालिएको छ । 

प्रहरी प्रधान कार्यालयस्थित नेसनल सेन्ट्रल ब्युरो (एनसीबी)को आग्रहमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) बाट नोटिस जारी हुने प्रावधान छ ।

अहिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गैरकानुनी सम्पत्ति आर्जन गरेको विषयमा उनीहरूमाथि अनुसन्धान गरिरहेको छ ।

विभागका एक जना अधिकृतका अनुसार काठमाडौं जिल्ला अदालतबाट न्यायाधीश महेन्द्रबहादुर कार्कीले पक्राउ अनुमति दिएका हुन् । पुर्जी जारी भएपछि विभागले देउवा दम्पतीको यात्रा विवरण अध्यागमन विभागसँग मागेको छ ।

शेरबहादुर र आरजु दुवै जना अहिले हङकङमा छन् । शेरबहादुर गत फागुन १३ गते सिंगापुरमा र आरजु फागुन १० गते भारत गएका थिए । उनीहरूको यात्रा विवरणमा पनि दुवै जना विदेश गएको पुष्टि भइसकेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?