प्रधानमन्त्रीद्वारा विदेशी राजदूतहरूसँग सामूहिक छलफल

लोकपथ
84
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले सिंहदरबारमा विदेशी राजदूतहरूसँग सामूहिक छलफल गरेका छन् ।
शाह नेतृत्वको नयाँ सरकारले गठन भएपछि विभिन्न देशका राजदूतहरूसँग अन्तर्राष्ट्रिय संवादको सुरुवात गरेको हो ।

छलफलमा परराष्ट्रमन्त्री शिशिर खनाल समेत सहभागी थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार, यस भेटघाटको उद्देश्य नेपालको पछिल्लो राजनीतिक अवस्था र सरकारले अगाडि बढाउने प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनु रहेको थियो ।

सामूहिक छलफलमा सहभागी राजदूतहरूले नयाँ सरकारको कार्यदिशा र प्राथमिकतामा चासो देखाएका थिए ।

प्रधानमन्त्री शाहले सुशासन, आर्थिक विकास र वैदेशिक सम्बन्धलाई सन्तुलित रूपमा अघि बढाउने सरकारको प्रतिबद्धता व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?