काठमाडौं । सरकारले हालै निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध संसदमा आवाज उठेको छ ।
बुधबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले सो विषयमा आवाज उठाएका हुन् ।
केही दिनअघि सरकारले सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने निर्णय गरेको थियो ।
सांसद केरुङले शून्य समयमा बोल्दै सरकारको उक्त कदम उदार अर्थव्यवस्थाको नीति विपरित रहेको उनको जिकिर रहेको छ ।
‘नयाँ सरकार आउने बित्तिकै निजी क्षेत्रका सञ्चारमाध्यमले पाउने विज्ञापन रोक्ने निर्णय गर्यो । सरकारको यो कदम उदार अर्थ व्यवस्थाको नीति विपरित छ । म जोड दिएर भन्छु, सरकार निजी क्षेत्रका सञ्चारमाध्यमको गाँस काट्न पाइँदैन,’ उनले भनेका छन् ।
त्यसो त सरकारको उक्त निर्णयविरुद्ध सर्वोच्चमा रिट समेत परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया