एकैदिन ७२ सयले बढ्यो सुनको मूल्य, चाँदीको के भयो ?

लोकपथ
371
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला  ७ हजार २ सय रुपैयाँले बढेको हो । 

अघिल्लो दिन २ लाख ९१ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आज  ७२ सयले बढेर २ लाख ९९ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला  २०५ रुपैयाँले बढेको हो । हिजो मंगलबार  ४ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदी आज २०५ रुपैयाँले बढेर  ५ हजार २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?