काठमाडौं । इरान र अमेरिकाबिच दुई हप्ते युद्धविराम भएको विषयमा इजरायलले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ ।
इजरायलले इरानमाथि हुने भनिएका आक्रमणहरू तत्कालका लागि स्थगित गर्ने निर्णयको स्वागत गर्दै अमेरिकाको समर्थन गरेको हो ।
इजरायली सरकारद्वारा जारी विज्ञप्तिमा इरानले तत्काल समुद्री जलमार्ग खुला गर्नुपर्ने र अमेरिका, इजरायल तथा अन्य क्षेत्रीय देशमाथि गरिरहेका सबै प्रकारका आक्रमण रोक्नुपर्ने सर्त राखिएको उल्लेख छ ।
साथै, इजरायलले इरानबाट हुने आणविक खतरा, मिसाइल आक्रमण र आतंकवादी गतिविधिलाई अन्त्य गर्ने अमेरिकी प्रयासमा आफ्नो पूर्ण समर्थन रहने स्पष्ट पारेको छ ।
विज्ञप्तिमा अमेरिकाले आगामी वार्ताहरूमा यी सुरक्षा चासोहरू सम्बोधन गर्ने र इरानको खतराविरुद्ध प्रतिबद्ध रहने आश्वासन दिएको पनि उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया