काठमाडौं । अमेरिका र इरानले दुई साताका लागि युद्धविराम गर्ने सहमति भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ भने शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ ।
स्ट्रेट अफ होर्मुजमा अब तेल आपूर्ति अवरोध नहुने अपेक्षाले अमेरिकी कच्चा तेलको भाउ १५ प्रतिशतभन्दा बढी घटेर प्रति ब्याइरेल ९५ डलरभन्दा तल झरेको छ । ब्रेन्ट क्रुड तेलको मूल्य पनि १२.८८ प्रतिशत घटेर ९५.१२ डलरमा आइपुगेको छ ।
तेलको मूल्य घटेपछि अमेरिकाका शेयर बजारमा उत्साह छाएको छ । डाउ फ्युचर्स ९०० अंकभन्दा बढीले बढेको छ भने एस एण्ड पी ५०० र नास्ड्याक फ्युचर्स क्रमशः २.१ र २.५ प्रतिशतले बढेका छन् ।
एसियाली बजारमा पनि जापान, दक्षिण कोरिया र हङकङका शेयर बजार उकालो लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया