काठमाडौं । सार्वजनिक स्थानमा एक वृद्धमाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सामाजिक सञ्जालमा काठमाडौंको वसन्तपुर क्षेत्रमा एक वृद्धलाई कुटपिट गरिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा कुटपिटमा संलग्न चन्द्रागिरी नगरपालिका–थानकोटका ४४ वर्षीय प्रकाश क्षेत्रीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारसम्बन्धी कसूरमा पाँच दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया