काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई सतर्क र सुरक्षित रूपमा बस्न आग्रह गरेको छ ।
मध्यपूर्वमा बढ्दो तनाव र युद्धको अवस्थालाई ध्यानमा राख्दै दूतावासले एक विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको हो ।
दूतावासले अनावश्यक रूपमा बाहिर ननिस्कन, आफू बसेको स्थानमै सुरक्षित रहन र संयमता अपनाउन आग्रह गरेको छ । साथै, इजरायल सरकारका आधिकारिक सूचना र निर्देशनहरू पालना गर्न पनि आग्रह गरेका छ ।
यस्तै, पछिल्ला घटनाबारे नियमित जानकारी राख्न र सामाजिक सञ्जालमा युद्धसम्बन्धी भिडियोहरू अनावश्यक रूपमा शेयर नगर्न पनि अनुरोध गरिएको छ ।
दूतावासले राहदानी, परिचयपत्र, लाइसेन्स र बैंक कार्डजस्ता आवश्यक कागजात सधैँ साथमा राख्न पनि सबैलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया