काठमाडौं । सामाजिक अभियन्ता हुँदै सांसद बनेकी आशिका तामाङले मंगलबार पहिलोपटक संसदको शून्य समयमा बोलिन् ।
पहिलोपटक माइक समातेर आफ्नो निर्वाचन क्षेत्रका समस्याबारे बोलेकी आशिका केही डराइरहे जस्तो देखिन्थ्यो । उनले बोल्न लागेका कतिपय कुराहरु बिग्रिरहेको थियो । आफू बोल्दा डराएको कुरालाई स्वीकार गर्दै सांसद तामाङले आगामी दिनमा थप सक्रियताका साथ जनताका आवाज उठाउने बताएकी छन् ।
‘आज मेरो सदनको पहिलो दिन थियो ! मनमा डर त्रास नभए पनि, स्वत रूपमा बोली कामिरहेका थिए । आगामी दिनहरूमा अझै सशक्त रूपमा तपाईँहरूको आवाज बुलन्द रूपमा सदन मा राख्ने संकल्प गर्दछु !,’ उनले भनेकी छन् ।
सामाजिक अभियन्ता हुँदै सडकमा हुने फोहोरदेखि विभिन्न सामाजिक विषयवस्तुमा आवाज उठाउँदै आइरहेकी आशिका गत फागुन २१ को निर्वाचनमा धादिङ क्षेत्र नं १ बाट निर्वाचित भएकी थिइन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन् :
आज भन्दा ७ बर्ष पहिले पहिलो पल्ट जर्मनी बाट भ्याकेसन मनाउन नेपाल आउँदा सडक मा गाडी जाम पर्दा कसैले चाउ चाउ को खोल फालेको देखे , मैले मात्र होइन जाम का वरिपरि सबैले देखेका थिए, तर पनि मैले बडो हिम्मत गरेर बहिनी तपाईँले बाटोमा चाउचाउको खोल किन फाल्नुभयो ? भनेर प्रश्न गरे तर त्यतिबेला मेरा ओठहरू कामिरहेका थिए जिब्रोहरू लरबराइरहेका थिए, अनुहार रातो पिरो भएका थिए किनभने आजसम्म मैले कसैलाई सार्वजनिक रूपमा , त्यस प्रकारको प्रश्न गरेको थिइन , त्यसैगरी आज मेरो सदनको पहिलो दिन थियो ! मनमा डर त्रास नभए पनि, स्वत रूपमा बोली कामिरहेका थिए । आगामी दिनहरूमा अझै सशक्त रूपमा तपाईँहरूको आवाज बुलन्द रूपमा सदन मा राख्ने संकल्प गर्दछु ! धन्यवाद ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया