रोशी खोलामा भएका अवैध क्रसर तुरुन्त बन्द गर्न गृहमन्त्री गुरुङको निर्देशन

लोकपथ
98
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशी खोलामा अवैध रूपमा सञ्चालनमा रहेका सम्पूर्ण क्रसर तुरुन्त बन्द गर्न निर्देशन दिएका छन् ।

हरेक वर्षको वर्षातको समयमा हुने बाढी पहिरो जस्ता विपद्बाट धनजनको क्षति हुने गरेको रोशी खोलाको निरीक्षणमा गृहमन्त्री गुरुङ पुगेका थिए । त्यसको अनुगमनपछि गृहमन्त्री गुरुङले अवैध रुपमा सञ्चालनमा रहेका क्रसरहरु बन्द गर्न निर्देशन दिएका हुन् ।

गिट्टि बालुवा उत्खनन गरेर बाढी पहिरो गएको र यसको रोकथाम गर्न कोहि नलागेको भन्दै गृहमन्त्री गुरुङले त्यसलाई रोक्नुपर्ने बताए ।

पहिलेका राजनीतिक दलहरूले ठेक्कापट्टामा सेटिङ मिलाएर अवैध रुपमा सञ्चालन गर्न दिएको आरोप लगाउँदै उनले अब यस्तो गतिविधि गर्न आफूले रोक्ने दाबी समेत गरे ।

त्यस्तै त्यहाँ हुने गरेको विपद् जोखिमलाई ध्यानमा राख्दै उद्धार प्रतिकार्यका लागि सरकार पूर्ण रुपमा तयारी अवस्थामा रहेको समेत उनले जानकारी गराएका छन् । कुनै विपद्जन्य घटना घटिसकेपछि त्यसलाई तत्काल रेक्यू गर्ने गरी सरकारले थालेको तयारीबारे उनले सम्बन्धित पक्षलाई जानकारी समेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?