काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा जयन्तीदेवी राई निर्वाचित भएका छन् ।
मंगलबार बसेको समितिको बैठकले नेपाली कम्युनिष्ट पार्टीकी राईलाई सभापतिमा चयन गरेको हो ।
बैठक समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रको सभापतित्वमा बसेको थियो । ज्येष्ठ सदस्य सभापति मिश्रले बैठकमा राईलाई समितिको सभापति चयन गर्नको लागि एक मात्रै प्रस्ताव पेस भएकोले निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।
उनले भने, ‘सभापतिमा निर्वाचित गरियोस् भन्ने एक मात्रै प्रस्ताव प्राप्त भएकोले राष्ट्रिय सभा नियमावली २०७५ को नियम १ सय ५० को उपनियम ४ बमोजिम माननीय सदस्य जयन्तीदेवी राई यस संघियता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापति पदमा निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्दछु ।’
बैठकमा समितिमा चयन भएर आएका नयाँ सांसदहरूलाई स्वागत समेत गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया