विधायन व्यवस्थापन समितिको सभापतिमा कांग्रेस सांसद रोकाय 

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति सभापतिमा कृष्णबहादुर रोकाय निर्विरोध निर्वाचित भएका छन् । 

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले नेपाली कांग्रेसका सांसद रोकायालाई सभापतिमा चयन गरेको हो । 

बैठक समितिका ज्येष्ठ सदस्य कृष्णप्रसाद सिटौलाको सभापतित्वमा बसेको थियो । सभापति सिटौलाले बैठकमा कृष्णबहादुर रोकायलाई समितिको सभापति चयन गर्ने प्रस्ताव पेस गरेकोमा उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । 

समिति सभापतिमा सर्वसम्मत भए पनि रोकायाले कसैप्रति कुनै पनि प्रकारको आग्रह नराखि पार्टीभन्दा माथि उठेर समिति र सभाको गरिमालाई बढाउने गरी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । 

उनले भने, ‘मैले आफ्नो यो कार्यकालमा जसरी विश्वास गरेर माननीयज्युहरुले पठाउनुभएको छ । समितिको कार्यकालभरी म कसैप्रति पनि कुनै प्रकारको आग्रह नराखिकन पार्टीभन्दा माथि उठेर यो  विधायन समितिलाई अझ गरिमामय बनाउने, राष्ट्रिय सभाको गरिमालाई बचाउने तथा निष्पक्ष भूमिका मेरो तर्फबाट हुनेछ ।’

समितिले चयन भएर आएका नयाँ सांसदहरूलाई समेत स्वागत गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?