काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।
‘राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट (डोटी) लाई नियुक्त गर्ने निर्णय,’ बैठकपछि बोल्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भनिन् ।
त्यसो त राष्ट्र बैंकको कार्यकारी निर्देशक बनिसकेका डा. भट्टले गभर्नर बन्ने तयारीका साथ गत वैशाखमा राजीनामा दिएका थिए । तर गभर्नरमा डा. विश्वनाथ पौडेलले बाजी मारेका थिए । तर तत्कालीन कायममुकायम गभर्नर निलम ढुंगानाले उनको राजीनामा अस्वीकार गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया