काठमाडौंको पिङ्गलास्थानमा प्रहरीले चलायो गोली, दुई भारतीय पक्राउ

लोकपथ
84
Shares

काठमाडौं । लागु औषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले गए राति काठमाडौं महानगरपालिका–९ पिङ्गलास्थानबाट गोली चलाएर दुई जनालाई पक्राउ गरेको छ ।

करिब एक किलो बढी लागु औषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । 

उनले भने, ‘विशेष सूचनाका आधारमा लागु औषध कारोबारी पक्राउ गर्न खोज्दा हामीले गोली चलाउनुपर्यो, त्यस क्रममा विहार मधुवनी जिल्ला घर भएका अन्दाजी ३०/३५ का अनिलकुमार पासवान गोली लगेर घाइते भएका छन् ।’ पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?