‘डिसहोम’ झुठो अफरमा ग्राहक ठगिए, ३ जना पक्राउ

लोकपथ
182
Shares

काठमाडौं  । ‘डिसहोम’ कम्पनीको कर्मचारी हुँ भन्दै  रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धादिङ घर भएकी २२ वर्षीया आरती सिम्खडा, दोलखा घरका २२ वर्षीय विष्णु कार्की र रामेछाप घर भएका ४७ वर्षीय असल सिंह तामाङ रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले कम्पनीका नियमित ग्राहकलाई फोन गरी ‘१ वर्षको सदस्यतामा चार महिनाको निःशुल्क अफर’ आएको झुठो सूचना दिएर रकम लिएका थिए ।

बरामद सामग्रीमा ठगीमा प्रयोग भएका प्याड, कम्पनीको छाप, कार्ड र ग्राहक विवरणसमेत रहेको प्रहरीले जनाएको  छ ।

तीनै जनालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?