विदेशी ऋणबारे महासचिव पोखरेलको प्रश्न– हिजो विरोध किन ? आज स्वीकार किन ?

लोकपथ
56
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले लिइरहेको वैदेशिक ऋणबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । 

 उनले भनेका छन्, ‘हिजो विरोध किन ? आज स्वीकार किन ? सरकारले यसबारे जनतालाई स्पष्ट र पारदर्शी जवाफ दिनु आवश्यक छ । दिगो पूर्वाधार विकासका लागि लिइने ऋण नेपालका लागि बाध्यता मात्र होइन, आवश्यकता पनि हो । तर हिजो विदेशी ऋणले देश डुबायो भनेर पूर्ववर्ती सरकारको आलोचना गर्नेहरू नै आज सरकारको नीति तथा कार्यक्रम र प्राथमिकता संसद्मा स्पष्ट नगरी ठुलो मात्रामा ऋण लिइरहेको विषय सार्वजनिक हुँदा स्वाभाविक रूपमा प्रश्न उठ्छ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?