सरकारले ६ देशका नेपाली राजदूत फिर्ता बोलायो

लोकपथ
315
Shares

काठमाडौं । सरकारले राजनीतिक कोटामा नियुक्त भएका ६ जना नेपाली राजदूतलाई फिर्ता बोलाएको छ ।

गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अस्ट्रेलिया, डेनमार्क, दक्षिण कोरिया, दक्षिण अफ्रिका र श्रीलंकामा कार्यरत राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

फिर्ता बोलाइएका राजदूतहरूमा अस्ट्रेलियाका लागि चित्रलेखा यादव, भारतका लागि डा। शंकर शर्मा, डेनमार्कका लागि सुम्निमा तुलाधार, दक्षिण कोरियाका लागि शिवमाया तुम्बाहाङ्फे, दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठ र श्रीलंकाका लागि पूर्णबहादुर नेपाली रहेका छन् ।

उनीहरू सबै राजनीतिक कोटामा नियुक्त भई हाल विभिन्न मुलुकमा कार्यरत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?