१९ वर्षदेखि डिजिटल क्षेत्रमा अग्रणी भूमिका खेल्दै ‘सेरा डिजिटल हव’

लोकपथ
7
Shares

काठमाडौं । विगत १९ वर्षदेखि डिजिटल प्रविधि, आईटी समाधान तथा तालिम क्षेत्रमा निरन्तर योगदान दिँदै आएको क्भसेरा डिजिटल हव (Sera digital hub) ले आफ्नो सफल १९औँ वार्षिकोत्सव मनाएको छ ।

स्थापनाकालदेखि नै डिजिटल साक्षरता वृद्धि गर्ने उद्देश्यका साथ अघि बढेको संस्थाले हालसम्म हजारौँ विद्यार्थी, व्यवसायी तथा युवाहरूलाई डिजिटल मार्केटिङ, आईटी समाधान तथा विभिन्न प्राविधिक तालिममार्फत दक्ष बनाएको संस्थाको दाबी रहेको छ ।

“Empowering Businesses with Results-Driven Digital Marketing, IT Solutions & Trainings” भन्ने मूल नारालाई आत्मसात गर्दै संस्थाले व्यवसायहरूलाई डिजिटल रूपमा सशक्त बनाउने कार्य गरिरहेको छ ।

डिजिटल मार्केटिङ, वेबसाइट विकास, सफ्टवेयर समाधान, साथै व्यावसायिक तालिमहरू मार्फत संस्थाले बजारमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको संस्थाको दाबी रहेको छ ।

Sera Digital Hub काठमाडौंको सोह्रखुट्टेमा अवस्थित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?