काठमाडौं । प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत भएको छ । सभाको आज सोमबारको बैठकबाट ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश–२०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश–२०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश–२०८२’ सर्वसम्मतरूपमा स्वीकृत भएको हो ।
बैठकमा गृहमन्त्री सुधन गुरुङले सो अध्यादेश स्वीकृत गरियोस् भनी प्रस्ताव राखेका थिए । त्यसअघि सभामुख डोलप्रसाद अर्यालले ती विधेयकलाई अस्वीकार गर्ने सूचना प्राप्त नभएको ब्यहोरा जानकारी गराएका थिए ।
बैठकले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का पूर्वसांसद रामचन्द्र भट्टराईको निधनमा सर्वसम्मतरूपमा शोक प्रस्ताव पारित गरेको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक यही भोलि मंगलबार अपराह्न १ बजे बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया