राष्ट्रिय सभा उपाध्यक्षमा एमाले सांसद लीलाकुमारी भण्डारी निर्वाचित 

लोकपथ
84
Shares

काठमाडौं ।  राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्वाचित भएकी छन् । अध्यक्ष नारायण दाहालले सोमबारको बैठकमा उनको मात्रै उम्मेदवारी परेको भन्दै निर्विरोध निर्वाचित भएको घोषणा गरेका छन् । 

आइतबार उपाध्यक्षको मनोनयन दर्ताका लागि तोकेको समयमा भण्डारीको मात्रै उम्मेदवारी परेको थियो ।  

भण्डारीको प्रस्तावकमा एमालेका राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल र समर्थकमा नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकाय, जनता समाजवादी पार्टी नेपालकी सांसद पूजा चौधरी र नेपाली कम्युनिस्ट पार्टीकी सांसद मदनकुमारी शाह रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?