काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सञ्चालक समितिको बैठकले अबदेखि शुक्रबार पनि शेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको छ । नेप्सेले यसअघि आइतबारदेखि शेयर कारोबार सञ्चालन गर्ने गरेको थियो ।
हिजो आइतबारको मन्त्रिपरिषद् बैठकले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्से यस दिन बन्द गरेर शुक्रबार कारोबार खुल्ने निर्णय गरिएको हो ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले आइतबारको सट्टा शुक्रवार कारोबार खोल्ने निर्णय गरिएको बताए । उनले सरकारले आइतबार बिदा दिने निर्णय गरेपछि त्यस दिन शेयर कारोबार पनि बन्द गरिने बताए ।
यसअघि शुक्रबार शेयर कारोबार बन्द हुने गरेको थियो । यसअघि साताको पाँच दिन आइतबारदेखि बिहीबारसम्म शेयर कारोबार हुँदै आएकोमा अब सोमबारदेखि शुक्रबारसम्म कारोबार हुने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया