काठमाडौं । पोखराको फेवातालको बिच भागमा अलपत्र परेका ११ जनाको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ ।
आइतबार अपरान्ह सवा ४ बजेको समयमा ठूलो हावाहुरी चलेपछि तालबाराही दर्शन गर्न गएकाहरु अलपत्र परेका थिए । उनीहरुको सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको हो ।
अचानक आएको हावाहुरीको कारण स्ट्यान्डिङ प्याडल बोटमा बोटिङ गरिरहेका उनीहरु सो तालको बीच भागमा फसेका थिए ।
उनीहरु तालमा फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक बिशाल घ।म।को कमाण्डको टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो ।
उद्धार गरिएकाहरुमा तनहँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–२ बस्ने १९ वर्षीय सागर भुजेल, २० वर्षीय सुमन चौधरी, पोखरा महानगरपालिका–३३ बागमारा बस्ने २१ ववर्षीया सलिना पुन, म्याग्दी जिल्लाको अन्नपूर्ण–३ बाग्लुङ बस्ने २१ वर्षीया सन्जिता पुन, २० वर्षीया सुमिना तामाङ, २२ वर्षीया सुष्मा पुन, २० वर्षीया संजिता मगर, १९ वर्षीया रिया मगर, भारतको नयाँ दिल्ली घर बताउने २८ वर्षीय आयान, २८ वर्षीय अश्लाम र २६ वर्षीय स्याडब रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया