सुलभ अग्रवालमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप

लोकपथ
105
Shares

काठमाडौं । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप गरिएको छ ।

जिल्ला अदालत काठमाडौंले उनीमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप गरेको हो । उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आइतबार बिहान पक्राउ गरिएको थियो । बहस सकिएसँगै उनलाई ५ दिन म्याद थप गरिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अग्रवालविद्ध अनुसन्धान भइरहेको छ । अग्रवाल २०७६ सालमा पनि ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्न खोजेको आरोपमा पक्राउ परेका थिए ।

उनलाई पछि विभागले तारेखमा छाडेको थियो । यसअघि शुक्रबार नै शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पनि पक्राउ परेका थिए । उनलाई भने बयान सकेर छोडिएको छ ।

शंकर ग्रुपको मुख्य कम्पनी जगदम्बा स्टिल हो । यो समूहले नेपालमा स्टिलसँगै, सिमेन्ट, जलविद्युत्, उपभोक्ता वस्तु लगायत क्षेत्रमा लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?