दीपक खड्कामाथि अनुसन्धान गर्न ७ दिनको म्याद थप

लोकपथ
84
Shares
फाइल तस्बिर

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता दिपक खड्कामाथि अनुसन्धान गर्न ७ दिनको म्याद थप भएको छ ।

सम्पत्ति शुद्धीकरण विभागको सिफारिसका आधारमा प्रहरीले खड्कालाई चैत १५ गते आइतबार पक्राउ गरेको थियो ।

उनलाई यसअघि नै म्याद थप भइ अनुसन्धान भइरहेकोमा आज पुनः म्याद थप गरिएको हो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधिश जगत पौडेलको इजलासले ७ दिनको म्याद थप भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?