काठमाडौं । महान्यायाधिवक्तामा अधिवक्ता डा. नारायणदत्त कँडेल नियुक्त भएका छन् ।
यसअघिकी महान्यायाधिवक्ता सविता भण्डारीले राजीनामा दिएसँगै नयाँ महान्यायाधिवत्तधा नियुक्त गरिएको हो ।
महान्यायाधिवक्तालाई सरकारको कानुनी सल्लाहकारको रुपमा हेर्ने गरिन्छ । सरकारवादी मुद्दामा प्रतिरक्षा गर्ने मुख्य जिम्मेवारी महान्यायाधिवक्ताको हुने गर्दछ ।
हरेक नयाँ सरकार आएसँगै आफू अनुकुल हुने गरी महान्यायाधिवक्ता नियुक्त गर्ने गरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया