काठमाडौं । सरकारले सरकारी कार्यालय बिहान ९ बजेबाटै खोल्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिरिषद् बैठकले भोलिबाटै लागू हुने गरी सरकारी कार्यालय बिहान ९ बजेबाट साँझ ५ बजेसम्म खोल्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकपछि बोल्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले सो जानकारी दिए ।
‘सम्पूर्ण सरकारी कार्यालयहरु बिहान ९ बजेबाट साँझ ५ बजेसम्म खुला रहनेछन्,’ उनले भने ।
त्यसो त मध्यपूर्व तनावका कारण पेट्रोलियम पदार्थ आपूर्तीमा भइरहेको असहजताका कारण सरकारले शनिबार र आइतबार दुई दिन नै सरकारी कार्यालय र शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।
त्यस्तै इलेक्ट्रिक भेइकल (ईभी) लाई प्राथमिकता दिने निर्णय समेत गरेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया