काठमाडौं । रिक्त राष्ट्रिय सभा उपाध्यक्षमा लिला भण्डारीलाई अघि सार्ने सहमति जुटेको छ ।
राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरुले एमालेकी भण्डारीलाई उपाध्यक्षमा अघि बढाउने निर्णय भएको हो ।
हाल राष्ट्रिय सभा अध्यक्षमा नारायणप्रसाद दाहाल रहेका छन् । उनी तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा अध्यक्ष बनेका हुन् ।
प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झण्डै दुई तिहाइ बहुमतसहित एकल नेतृत्वको सरकार रहेको छ । तर राष्ट्रिय सभामा रास्वपा शून्य हुँदा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आपसी सहमति गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया