काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सदनको मर्यादा कायम हुनेगरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सभामुख निर्वाचित भए लगत्तै संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको संक्षिप्त जवाफ दिँदै उनले संविधान र कानुनको पालना गर्दै सबै सांसदहरूको सम्मान हुनेगरी आफू अघि बढ्ने समेत बताए । नवनिर्वाचित सभामुख अर्यालले आफूले निष्पक्ष भूमिका निर्वाह गर्ने बताए ।
उनले भने, ‘संविधान, कानुन राम्रोसँग हेरेको छु मैले । त्यसलाई पालना गरेर सबै माननीय ज्यूहरूलाई सम्मान हुने किसिमबाट सदनको मर्यादा कायम हुने किसिमबाट काम हुन्छ । निष्पक्ष भूमिका निर्वाह हुनुपर्छ हुन्छ ।’
नवनिर्वाचित सभामुख अर्यालले संविधान र कानुनको ज्ञान आफूलाई राम्रोसँग भएकाले संसदलाई सोहीअनुसार अघि बढाउने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया