काठमाडौं । राष्ट्रिय सभाका सांसद उदयबहादुर बोहराले अमेरिका, इजरायल र इरान युद्धको मारमा परेका खाडी मुलुकमा रहेका नेपालीहरूलाई तत्काल स्वदेश फर्कने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
आइतबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै उनले सरकारसँग सो माग गरेका हुन् ।
अमेरिका, इजरायल र इरान युद्धका कारण खाडी मुलुकमा रहेका नेपालीहरूको जीवन जोखिममा परेकाले उनीहरूलाई स्वदेश फर्काउने र उनीहरूको सुरक्षाको सुनिश्चित गराउने जिम्मेवारी सरकारको रहेको सांसद बोहराको भनाई थियो ।
उनले भने, ‘अमेरिका, इजरायल, इरान युद्धका कारण खाडी मुलुकमा रहेका ८० देखि ८५ हजार नेपालीहरू असुरक्षित बनेका छन् । हिंसाकै कारण एकको मृत्यु केही देशमा घाइते समेत भएको पुष्टि भइसकेका छन् । नेपालीहरू ठुलो संख्यामा स्वदेश फर्कन चाहन्छन् । उनीहरूको सुरक्षाको सुनिश्चित गर्न र स्वदेश फर्कन चाहनेहरुलाई सुरक्षित रूपमा फर्किने व्यवस्था मिलाउन सम्माननीय अध्यक्षज्यूमार्फत म सरकारको ध्यान केन्द्रित गर्न चाहन्छु ।’
सांसद बोहराले विदेशमा रहेका नेपालीहरू स्वदेश फर्कन चाहेकाले सरकारले त्यसमा पनि उचित कदम चाल्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया