काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउन आफू प्रतिबद्ध रहेको बताएकी छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा सांसद डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको समर्थन गर्ने क्रममा उनले सो प्रतिबद्धता व्यक्त गरेकी हुन् ।
मन्त्री गौतमले संघीय संसदले आगामी दिनमा काम गर्ने थलोको रूपमा स्थापित गराउने गरी आफूले सहयोग गर्ने बताइन् । उनले सरकारलाई जवाफदेही बनाउन संघीय संसदको भूमिका प्रभावकारी हुनुपर्नेमा पनि जोड दिइन् ।
मन्त्री गौतमले भनिन्,‘अब यस पटकको संसदले स्पष्ट जिम्मेवारी कानुनी रिक्तता पूरा गर्नका लागि काम गर्नुपर्नेछ । शासनलाई प्रभावकारी बनाउनका लागि काम गर्नुपर्नेछ । सरकारलाई जवाफदेहितको कसीमा राख्नका लागि पनि काम गर्नुपर्नेछ । अब ढिलाइ गर्ने संस्कारलाई हामीले तोड्नै पर्दछ । निर्णय गर्ने शाहस देखाउनै पर्दछ । र, काम गर्ने संसदको पहिचान स्थापित गर्नैपर्दछ । म कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको हैसियतले सरकार र संसदबीच प्रभावकारी समन्वय गर्दै यस प्रक्रिया तीव्र गतिमाअघि बढाउनका लागि प्रतिबद्ध छु भन्ने कुरा पनि संसदमार्फत निवेदन गर्न चाहन्छु ।’
मन्त्री गौतमले जनताको आवश्यकतालाई सम्बोधन गर्न पनि कानुन निर्माण गर्ने काममा संसदमा ढिलाइ गर्ने छुट नभएको पनि स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया