ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने 

लोकपथ
63
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने भएको छ । 

सर्वोच्च अदालतको कारण देखाऊ आदेशपछि विपक्षीबाट लिखित जवाफ पेस भएसँगै आज आइतबारका लागि पेसी तोकिएको हो ।

भदौ २३ र २३ गते भएको जेनजी आन्दोलनको घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयसँगै दुवै जनालाई चैत १४ गते बिहान सबेरै प्रहरीले पक्राउ गरेको थियो । 

सो घटनामा अनुसन्धानका लागि पक्राउ परेका पूर्वप्रधानमन्त्री ओलीका तर्फबाट श्रीमती राधिका शाक्य र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री लेखकका तर्फबाट श्रीमती यशोदा लेखकले चैत १५ गते निवेदन दर्ता गराएका थिए ।

सर्वोच्चले चैत १६ गते दुवै रिटमा भएको छुट्टाछुट्टै इजलासपछि विपक्षी सरकारका नाममा कारण देखाऊ आदेश भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?