पाकिस्तानमा प्रहरी चौकी नजिक विस्फोट, पाँच सर्वसाधारणको मृत्यु

लोकपथ
70
Shares

काठमाडौं । पाकिस्तानको उत्तर–पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा बन्नु जिल्लाको एक प्रहरी चौकी नजिकै भएको विस्फोटमा पाँच सर्वसाधारणको मृत्यु भएको छ भने दुई प्रहरी कर्मचारीसहित अन्य धेरै घाइते भएका छन् ।

स्थानीय प्रहरी स्रोतका अनुसार, प्रहरीले चौकीको पछाडिको पर्खालमा विस्फोटक पदार्थले भरिएको सवारी साधन ठोक्किँदा यो शक्तिशाली विस्फोट भएको हो । विस्फोटका कारण चौकीको पर्खाल भत्किएको र भवनभित्रका झ्यालका सिसा फुटेका छन् ।

विस्फोटपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको र ठूलो संख्यामा प्रहरी पुगेर क्लियरेन्स अपरेसन सुरु गरेको जनाइएको छ । विस्फोट नजिकैका घरहरूमा पनि क्षति पुगेको छ, जसका कारण सर्वसाधारणमा हताहती भएको बताइएको छ ।

घाइते र मृतकको शवलाई बन्नुको स्थानीय अस्पतालमा लगिएको छ । अहिलेसम्म कुनै समूहले यस आक्रमणको जिम्मेवारी लिएको छैन । प्रहरीले यस क्षेत्रमा प्रतिबन्धित तहरीक–ए–तालिबान पाकिस्तानसँग सम्बन्धित लडाकु सक्रिय रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?