प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुँदै

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई महत्त्वपूर्ण खेल हुँदैछन् । पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लबबिच भिडन्त हुनेछ ।

जनकपुरस्थित राम जानकी बहुउद्देश्यीय क्रिकेट रंगशालामा बिहान ९ः३० बजे सुरु हुने खेलमा सुदूरपश्चिम पाँचौँ जितको खोजीमा मैदान उत्रनेछ । तालिकाको दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले हालसम्म आठ अंक जोडेको छ, जसमा चार जित र एक हार समावेश छन् ।

विपक्षी बागमती प्रदेश भने तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रनेछ। तालिकाको आठौँ स्थानमा रहेको बागमतीले चार अंक जोडेको छ। उसले हालसम्म दुई जित र तीन हार बेहोरेको छ ।

त्यसैगरी, प्रतियोगिताअन्तर्गत आजै हुने दोस्रो खेलमा लुम्बिनी प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा बिहान ९ः३० बजे हुने उक्त खेलमा लुम्बिनी तेस्रो जितको खोजीमा रहनेछ । लुम्बिनी पाँचौँ स्थानमा रहँदै पाँच अंकसहित अगाडि बढिरहेको छ । उसले दुई जित, एक हार र एक खेल रद्द भएको नतिजा आत्मसाथ गरेको छ ।

नेपाल पुलिस क्लब भने चौथो जित हासिल गर्ने लक्ष्यमा हुनेछ । तालिकाको तेस्रो स्थानमा रहेको पुलिसले सात अंक जोडेको छ । उसले पाँच खेलमध्ये तीन जित, एक हार र एक खेल रद्द भएको नतिजा निकालेको छ ।

आजका दुवै खेलले अंकतालिकाको शीर्ष स्थानको प्रतिस्पर्धालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?