मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडाका व्यवसायीहरूको बैंक ब्याज मिनाहा गर्न संघीय सरकारसँग माग गरेका छन् । सडक विस्तारका कारण प्रभावित व्यवसायीलाई राहत दिन ब्याज मिनाहा आवश्यक रहेको उनले बताएका हुन् ।
मकवानपुर उद्योग वाणिज्य संघको ५९औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले प्रदेश सरकार व्यवसायीलाई कर सहजीकरण गर्न तयार रहेको स्पष्ट पारे । उनले संघीय सरकारले ब्याज मिनाहाका लागि आवश्यक पहल गर्नुपर्नेमा जोड दिए ।
‘प्रदेश सरकार सहजीकरणका लागि तयार छ, संघीय सरकारले ब्याज मिनाहाका लागि पहल गर्नुपर्छ,‘ उनले भने।
यसैबिच, लच्का पुलदेखि राप्तीसम्म बाइपास सडक निर्माणका लागि संघीय सरकारले निर्णय गरेमा बजेट व्यवस्थापन गर्न प्रदेश सरकार तयार रहेको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया