संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

लोकपथ
357
Shares

काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ ।

प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा बस्नेछ भने राष्ट्रियसभाको बैठक अपराह्न १२ः१५ बजेका लागि तय गरिएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उपसभापति डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ ।

अर्याल यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । उनको उम्मेदवारीको प्रस्तावक रास्वपाका सभापति रवि लामिछाने रहेका छन् भने समर्थकमा स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन् ।

यसैबिच, राष्ट्रियसभाको बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यहरूको नाम मनोनयन तथा हेरफेर गर्ने कार्यक्रम रहेको छ । साथै अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको नाम पनि तोकिनेछ ।

कार्यसूचीअनुसार प्रधानमन्त्री बालेन्द्र शाहले महिला आयोगको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन बैठकमा पेस गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?