काठमाडौ । अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको संख्या ६१ पुग्नुका साथै ११६ घाइते भएको जनाइएको छ । वर्षाजन्य घटनाका कारण चार बेपत्ता भएका हुन्
घटनाका काराण मृत्यु हुने अधिकांश मानिसहरु अफगानीस्तानको दक्षिणी र पश्चिमी प्रान्तका रहेको प्रवक्ता मुजाहिदले सामाजिक सञ्जाल एक्स मार्फत जनाए ।
हालै भएको भारी वर्षा पछि आएका प्राकृतिक प्रकोपले दुई हजार ४४८ घरहरू पूर्ण वा आंशिक रूपमा क्षति गरेको उल्लेख गर्दै अफगानिस्तानका विभिन्न प्रान्तमा कृषिवाली लगायत खेतीयोग्य जग्गा बगाएको उनले पुष्टि गरेको छ ।
अफगानिस्तानको मौसम विभागले आगामी दिनमा थप वर्षाको पूर्वानुमान गरेको छ भने विशेष गरी दुर्गम र कमजोर क्षेत्रहरूमा बाढीको उच्च जोखिमको चेतावनी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया