‘संसद् लोकतान्त्रिक अभ्यासको थलो बनाउने कि कर्मकाण्डी थलो मात्र बनाउने सभामुखको हातमा छ’

लोकपथ
63
Shares
फाइल तस्बिर

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नवगठित प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले सदनलाई उन्नत लोकतन्त्रको अभ्यास गर्ने थलो बनाउने विश्वास व्यक्त गरेका छन् ।

उनले  सामाजिक सञ्जाल फेसबुकमार्फत अर्याल निर्विरोध सभामुख निर्वाचित भएकोमा बधाई दिँदै  यस्तो  विश्वास व्यक्त गरेका हुन् । 

उनले भनेका छन्, ‘हँसमुख र मृदुभाषी स्वभावका धनी श्री अर्यालले आफ्नो कार्यकालमा नेपालको विशिष्ट कालखण्डमा गठित वर्तमान प्रतिनिधिसभालाई उन्नत लोकतन्त्रको अभ्यासको थलो बनाउनुहुनेछ भन्ने विशेष शुभेच्छा ।’

पूर्वप्रधानमन्त्री भट्टराईले संसद् लोकतान्त्रिक अभ्यासको थलो बनाउने कि कर्मकाण्डी थलो मात्र बनाउने भन्ने सभामुखको हातमा रहने बताए । 

उनले थपे, ‘सभामुखलाई संसद् सञ्चालन गर्न थुप्रै स्वविवेकीय अधिकार समेत रहने भएकाले सर्वोच्च जनप्रतिनिधि संस्थालाई साँच्चै लोकतान्त्रिक अभ्यासको थलो बनाउने कि कर्मकाण्डी थलो मात्र बनाउने भन्ने सभामुखको हातमा रहने गर्छ ।  यो कुरा नेपालमा र विश्वभर देखिने गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?