काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक सम्मानमा आधारित नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउन सरकार सक्रिय रहेको बताएका छन् ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा मन्त्री खनालले सबै राष्ट्रसँग मैत्रीपूर्ण, सन्तुलित र शान्तिपूर्ण सम्बन्ध कायम गर्नु सरकारको प्राथमिक नीति रहेको स्पष्ट पारे ।
कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख ईश्वर कार्कीले अपराधमुक्त समाज निर्माणका लागि प्रहरी समुदायसँग सहकार्य गर्दै अघि बढिरहेको बताए ।
त्यस्तै, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा क्षेत्रको खानेपानी समस्या समाधानका लागि संघीय सरकारको सहयोग आवश्यक रहेको उल्लेख गरे ।
नेपाली कम्युनिष्ट पार्टीकी नेतृ कल्पना शर्माले जनताको अपेक्षा पूरा गर्न सरकार थप जिम्मेवार र सक्रिय हुनुपर्ने सुझाव दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया