गुण्डागर्दी आरोपमा काठमाडौंको एयरपोर्ट क्षेत्रबाट १८ जना पक्राउ [नामावलीसहित]

लोकपथ
1.2k
Shares

काठमाडौं । गुण्डागर्दी गरेको आरोपमा प्रहरीले काठमाडौंको एयरपोर्ट क्षेत्रबाट १८ जनालाई पक्राउ गरेको छ । 

गुण्डागर्दीविरुद्ध सञ्चालित अपरेसन सेफ्टी काठमाडौं अभियानका क्रममा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ । 

उनीहरूमाथि हवाई यात्रुलाई जबरजस्ती तान्ने, दुःख हैरानी दिने, विभिन्न प्रलोभनमा पारी आफ्नो सम्पर्कको होटलमा लगिदिने र सो बापत होटल तथा यात्रीबाट कमिसन लिने, आपसमा झगडा गरी अभद्र व्यवहार गर्नेलगायतका गतिविधि गर्दै आएको आरोप छ । उनीहरूलाई प्रहरी वृत्त गौशालाबाट राखिएको छ । 

यी हुन् पक्राउ परेका १८ जना

१)  जिल्ला सर्लाही घर भई काठमाडौँको सिनामंगल बस्ने वर्ष १८ को सूर्य माझी

२)  बाँके घर भई  एयरपोर्ट बस्ने वर्ष २२ को एकेश तामाङ

३)  पाँचथर घर भई एयरपोर्ट बस्ने वर्ष २६ को प्रेम कुमार मगर

४) सिन्धुली घर भई नयाँबस्ती बस्ने वर्ष ३२ को राज कुमार राई

५) मकवानपुर घर भई एयरपोर्ट बस्ने वर्ष ४० को मगलमान घलान 

६) पाँचथर घर भई टोखा बस्ने वर्ष ३८ को खगेन्द्र लिम्बू

८) मोरङ घर भई एयरपोर्ट बस्ने वर्ष २९ को  आशिस खतिवडा 

९) मकवानपुर घर भई सम्भुमार्ग बस्ने वर्ष ३४ को विश्व मोक्तान

१०) धनुषा घर भई एयरपोर्ट बस्ने वर्ष ४५ को वीरेन्द्र झा 

११) सिराहा घर भई तिलगंगा  बस्ने वर्ष ६० को लडा मिया 

११) मोरङ घर भई नयाँ बसपार्क बस्ने वर्ष ४६ को पर्सुराम राई

१२) रामेछाप घर भई भक्तपुर बस्ने वर्ष २७ को सन्तु तामाङ

१२)धनुषा घर भई तिलगंगा बस्ने वर्ष ५३ को रघुवीर साह 

१३) महोत्तरी घर भई तिलगंगा बस्ने वर्ष ३३ को राजीव कुमार रावत

१४) धनुषा घर भई गौशाला बस्ने वर्ष २६ को सरोज कुमार महतो 

१५) मकवानपुर घर भई गौशाला बस्ने वर्ष १९ को अजय लामा

१६) झापा घर भई सिनामंगल बस्ने वर्ष ३९ को केशव लिम्बु

१७) बझाङ घर भई सिनामंगल बस्ने वर्ष २० को राम प्रसाद जोशी

१८) बझाङ घर भई  कीर्तिपुर बस्ने वर्ष २९ को विमल राज जोशी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?