काठमाडौं । प्रहरीले चर्चित कलाकार सागर लम्साललाई पक्राउ गरेको छ । कलाकारिता संसारमा बले उपनामले चिनिने उनलाई एक युवतीले लगाएको बलात्कारको आरोपपछि प्रहरीले पक्राउ गरेको हो । बलात्कार जस्तो गम्भीर अपराधमा मुछिएको घटना सार्वजनिक भएपछि सोधपुछका लागि लम्साललाई झिकाइएको प्रहरीले बताएको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले उनलाई काठमाडौंको बुढानीलकण्ठको कपन बालुवाखानीबाट पक्राउ गरिएको बताए ।
लम्साललाई अमेरिकामा बस्ने एक युवतीले फेसबुकमार्फत आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् । अमेरिका आएको बेला भएको भेटघाटका क्रममा उनले आफूलाई बलात्कार गरेको उल्लेख गरेकी थिइन् । पीडित युवतीसँग पनि समन्वय भइरहेको प्रहरीले जनाएको छ । यद्यपि पीडितको तर्फबाट जाहेरी भने अहिलेसम्म आइसकेको छैन ।
पीडित युवतीको पछिल्लो स्ट्याटस
मलाई नखरमाउली, छोरा मान्छेको जिन्दगी बर्बाद गर्ने, सुत्ने बेला आँखा नदेख्ने, मन मिल्ने चमत्कार नमिले बलात्कार भन्ने हजुरहरूलाई ।
धेरै एक युवती–युवती भनेर पढ्न मन लागेन, सो मेरो परिचय दिँदै छु है । नमस्कार, म संगम विष्ट, २ वर्षको उमेरदेखि डान्समा लागेको र ५ वर्षको उमेरदेखि फिल्म इन्डस्ट्रीमा लागेको एउटा कलाकार । जसले आफ्नो पूरा बालापन सेटको खाना खादै, एउटा हातमा स्क्रिप्ट र अर्को हातमा स्कुलको पुस्तक बोकेर, “लाइट, क्यामरा, एक्सन” सुनेर हुर्केको मान्छ े। वर्षौं आफ्नो मेहनतले, सेटमा कयौँ अनिदा रातहरू, परिवारको अमूल्य साथ र स्कुलको टुरिस्ट भएर १३ वर्षको उमेरमा (सर्वोत्कृष्ट अभिनेत्री) बिदामा राष्ट्रपति रामबरण यादवको हातबाट (नेसनल अवार्ड) र साथै विभिन्न बिदामा अवार्ड पाउने कलाकार । जसको काका नेपालका एक टप कोरियोग्राफर, बाबा एउटा कलाकार र भाइ वल्ड्र्स योगेस्ट फिल्म डाइरेक्टर ।
दुखको कुरा हो, आज मैले बजारमा सामान बेचे जस्तो आफ्नो मूल्य भन्न परिरहेको छ ताकि मेरो आवाजको केही भार होस् ।
लाग्थ्यो जस्तो–तस्तो गरेर यो राक्षससँग लड्छु भनेर, आज एउटै दिनमा हाम्रो समाजमा कति धेरै राक्षस छन् भनेर थाहा पाएँ । मेरो काकाले फालेको म्युजिक भिडियो कुकुर जस्तो टिप्दै अघि बढेको त्यो भुस्याहा कुकुरलाई मैले फिल्म इन्डस्ट्रीमा आउन फसाएँ भनेर पढ्दा हाँस उठ्यो । जसले आफ्नो टाउकोको कपाल सबै गइसकेर विग लगाउनु पर्छ, त्योसँग म प्रेम सम्बन्धमा हुने त्यस्तो खत्तम दिन पनि आएको थिएन र कहिले आउन पनि नपरोस् ।
देख्न पाएँ हाम्रो समाजको सोच कति घटिया छ भनेर, सायद जीवन त्यागेको भए मेरो शब्दको आज अर्थ हुन्थ्यो जस्तो लाग्यो ।
त्यसपछि आयो माया, आफ्नो मान्छे, अपरिचित सबै जनाबाट धेरै माया, आशा,साथ र विश्वास । र थाहा पाएँ, मेरो कथा त मभन्दा ठूलो भइसकेको छ । मेरो कथामा, कति म जस्तै दिदी–बैनीको कथा मिसिन पुग्यो जसले अहिलेसम्म आवाज उठाउन पाउनु भएको छैन, किनकि हाम्रो समाजमा राक्षसको मूल्य धेरै छ। थाहा पाएँ, मेरो आवाज अब मेरो मात्र नभएर सबै दिदी–बैनीहरूको दबिएको आवाज बनेको छ । र आफ्नो परिवार, र सबै जनाको साथले महसुस गरेँ, मैले अब यो लडाइँ मेरो लागि मात्र होइन सबैको लागि जित्नु पर्छ भनेर । कत्थक डान्स गर्ने म, अब गर्छु “ताण्डव ।”
र पैसा को लागि गरेँ, जीवन बर्बाद गर्न गरेँ, ब्रेकअप भएर गरेँ, इन्डस्ट्रीमा पस्नको लागि गरेँ भन्ने सबै हाम्रो महान् नेपाली जनता हरूलाई भन्न चाहन्छु, होइन हजुर, त्यसको सास छातीबाट च्यातेर भुईँमा झार्नको लागि गरेको हो। ती सबै दिदी–बैनीहरूलाई एउटा आशा बन्नको लागि गरेको हो । धेरै केही भन्नु छैन । यति भन्छु‘कित त जेल जान्छ‘ कि त उसको ज्यान जान्छ ।
हाम्ले एउटी नारीको सहनशीलता, बुद्धि, न्यानोपन र निःस्वार्थ माया देखेको छौँ। अब एउटी नारीको क्रोध हेर्नु ।
म एउटा हातमा आफ्नो स्वाभिमान, इज्जत, संघर्ष, आत्मविश्वास र कथा बोकेर लडिरहेको छु भने अर्को हातमा त्रिशूल लिएर । न्याय पाए ठिक छ, नत्र यो पाली दुर्गा पूजा छिट्टै मनाइन्छ जस्तो छ ।
माः दुर्गा ले सबैको रक्षा गरुन् ।
जय नारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया