काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ चलचित्र पाँच पाण्डवको टिमबाट निकालिएका छन् ।
कालिरानी फिल्मस् प्रालिले निर्माण गरिरहेको पाँच पाण्डव चलचित्रमा बलेको समेत मूख्य भूमिका रहेको छ ।
शुक्रबार बलेलाई अमेरिकामा बस्ने एक युवतीले आफूलाई जबरजस्ती करणी गरेको आरोप लगाएपछि उनलाई निष्काशन गर्नुपरेको बताइएको छ ।
‘…आरोपित निज लम्साल हाम्रो चलचित्र पाँच पाण्डवको एक चरित्रमा समेत आवद्ध भएकोमा जघन्य अपराधमा स्वंय पीडित युवतीले नै आरोप लगाइसकेपछि फिल्म निर्माण ब्यानर कालीरानी फिल्मस्ले आपतकालीन बैठक बसेर आरोपित सागर लम्साललाई नैतिकताका आधारमा फिल्मबाट निष्काशन गरेको निर्णय गरेको छ । चलचित्र पाँच पाण्डव परिवार घटनाको सत्यतथ्य जाँचबुझका लागि जोडदार माग गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ ।
गत चैत २ गतेबाट झापा आसपास छाँयाकनर उक्त चलचित्रमा लम्सालका लागि ९० प्रतिशत दृश्य खिचिसकिएको छ । तर बलात्कार आरोप लागेपछि उक्त चलचित्रमा उनको कुनै हिस्सेदार नरहने समेत निर्माण पक्षले जनाएको छ ।
यता मुख्य पात्र रहेका बलेलाई हटाइएपछि छाँयाकन भइसकेका सबै दृश्य पुनः खिच्नु पर्दा आर्थिक क्षति हुने बताउँदै पीडित युवतीको पीडाका अघि आफूहरुको आर्थिक क्षति केही नरहेको समेत निर्माण पक्षको भनाइ रहेको छ ।
निर्माण पक्षले थप भनेको छ :
जघन्य अपराधमा आरोप लागिसकेका जो कोही व्यक्ति पनि हाम्रो फिल्मको सदस्य हुन सक्दैन । पाँच पाण्डव जस्तो पवित्र नाम र विषयवस्तुसहित असल समाजको निर्माणमा टेवा पुर्याउने उदेश्यले बनिरहेको फिल्मको कुनै कलाकारलाई नै आरोप लागिसकेपछि उनले कानूनी बाटो अपनाउने एउटा प्रक्रिया होला तर नैतिक रुपमा हिलो छ्यापिइसकेकाले यो घटनाको छिनोफानो नहुँदासम्मको अवधिमा आरोपितलाई प्रश्य दिने नायकत्व प्रदान गर्ने र न्यायिक प्रक्रियामा प्रभाव पार्न सक्ने खतरालाई मध्यनजर गर्दै सागर लम्सालजीसँगको चलचित्रको करार आजकै मितिबाट रद्द गरिएको घोषणा गर्दछु र पीडितले यथोचित न्याय यथाशीघ्र पाउनुपर्ने माग गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया