विश्वले दशकौं यता नदेखेको सबैभन्दा ठूलो भोकमरी यमनले भोग्ने : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ, २४ कात्तिक । साउदी अरेबिया नेतृत्वको सैन्य गठबन्धनले मानवीय सहायता सामाग्रीको आपूर्तिमा लगाउँदै आएको नाकाबन्दी नहटाए विश्वले दशकौं यता नदेखेको सबभन्दा ठूलो भोकमरी यमनले भोग्न सक्ने संयुक्त राष्ट्रसंघका सहायता प्रमुख मार्क लोककले चेतावनी दिएका छन मानवीय सहायता सम्बन्धी संयुक्त राष्ट्रसंघको बैठकमा प्रमुख लोककले सञ्चारकर्मीसँग कुरा गर्दै यमनका दशौं लाख मानिसहरु भोकमरीको जोखिममा रहेका बताए संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बन्दसत्र बैठकलाई यमनको अवस्थाबारे जानकारी गराएपछि पत्रकारहरुसँग कुरा गर्दै लोककले भने, “मैले सुरक्षा परिषद्लाई भनेको छु कि यमनको सीमा नाकाको अवरोध हटेन भने त्यहाँ भोकमरीको अवस्था सिजृना हुन्छ ।’’“त्यो विश्वले दशकौं यता भोगेको सबभन्दा ठूलो भोकमरी हुनेछ र दशौं लाख जनता त्यसको चपेटामा पर्ने छन् ।” संयुक्त राष्ट्रसंघले ७० लाख यमनी नागरिक भोकमरीको जोखिममा रहेको जनाएको छ यसै हप्ताको सुरुमा संयुक्त राष्ट्रसंघ र रेडक्रसले पनि त्यस्तो खतरनाक परिस्थितिले सहायता सामाग्रीहरुमा निर्भर रहेका दशौं लाख यमनी नागरिक जोखिममा पर्नसक्ने चेतावनी दिएका थिए बन्दसत्रपछि सकिए पछि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले साउदी अरेबिया नेतृत्वको सैन्य गठबन्धले लगाउँदै आएको नाकाबन्दी अन्त्य गर्न माग गरेको छ साउदी अरेबियाको राजधानी रियादलाई निशाना बनाई हुथी विद्रोहीले क्षेप्यास्त्र प्रहार गरेपछि सोमबार साउदी नेतृत्वको गठबन्धनले, यमनको सबै स्थल, हवाई र सामुद्रिक सीमा नाका बन्द गरिदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?