४० हजार घुससहित पक्राउ परे सशस्त्र प्रहरीका इन्सपेक्टर अधिकारी

लोकपथ
448
Shares

काठमाडौं । धनुषाको लालगढबाट ४० हजार रुपैयाँ घुससहित सशस्त्र प्रहरी निरीक्षक ‘इन्सपेक्टर’ ओकिल अधिकारी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास क्षेत्रीय कार्यालयको टोलीले आज बिहान उनलाई पक्राउ गरेको हो ।

अख्तियारका अनुसार, कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डमा माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र घुस माग्ने उजुरीको आधारमा निरीक्षक अधिकारीमाथि निगरानी राखिएको थियो । सोही क्रममा उनी ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?