काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनमा घाइते भएका नागरिकहरूको स्वास्थ्य अवस्था बुझ्न काठमाडौं मेडिकल कलेज (केएमसी) पुगेका छन् ।
गृहमन्त्री गुरुङले अस्पताल पुगेर घाइतेहरूसँग भेट गरी स्वास्थ्यबारे जानकारी लिएका हुन् । घाइतेहरूको निःशुल्क उपचार गर्दै आएका पूर्वसांसद डा. सुनिल शर्मालाई गुरुङले धन्यवाद दिएका छन् ।
केएमसीका सञ्चालक डा.शर्माका अनुसार अधिकांश घाइते डिस्चार्ज भइसकेका छन् भने केही अझै होसमा नआएकाले अस्पतालमै राखेर उपचार भइरहेको छ ।
गृह मन्त्रालय सम्हालेको दिनदेखि निरन्तर कार्यमा लागिरहेका का मन्त्री गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण पूरा गरी सिधै केएमसी पुगेर घाइतेको अवस्था बुझेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया